रूसले तयार पार्याे काेराेना विरूद्दकाे औषधि – Naya Bikalpa
September 25, 2026, Friday      Epaper
काेराेना संक्रमण

रूसले तयार पार्याे काेराेना विरूद्दकाे औषधि

एजेन्सी ,

काठमाडाै । रूसकाे एक स्वास्थ्य संस्थाले काेराेना भाइरस (काेभिड-१९)काे भ्याक्सीन ( सुइ) तयार पारेकाे दावी गरेकाे छ । उक्त सुइकाे पहिलाे परिक्षण भैरहेकाे र आगामी साता अर्थात अगस्ट १० गतेदेखि सर्वसाधारणकाे लागि समेत प्रयाेगमा ल्याउने जनाएकाे छ ।

रूसी वैज्ञानिकहरूले अन्य रोग नियन्त्रणका लागि तयार पारेकाे साे भ्याक्सीनलाइ समायाेजन (माेडिफाइड) गरि काेराेना भाइसर विरूद्दकाे सुइका रूपमा तयार पारेकाे दावी गरेका छन् ।

पछिल्लाे हप्ता अक्सफाेर्ड विश्वविद्यालय र एस्ट्राजेनेका वैज्ञानिकहरूले पहिले सुइकाे आविस्कार गर्ने दावी गरेका थिए । तर, रूसले ति वैज्ञानिकलाइ समेत पछाडि पार्दै आगामी अगस्ट १० र १२ काे वीचमा भ्याक्सीनकाे परिक्षण गर्ने जनाएका छन् ।

याे खवर बाहिर आएसंगै भारत, ब्राजील, साऊदी अरब समेत २० देशले रूसी भ्याक्सीन खरिदकालागि चासाे दिएका छन । याे खवरले अमेरिकी तथा यूरोपका वैज्ञानिकहरूमा पनि खुसि मिलेकाे बताइएकाे छ ।

रूसले तयार पारेकाे सुइकाे विषेशता यस्ताे छ

रूसी वैज्ञानिकहरूले तयार पारेकाे याे भ्याक्सीनकाे नाम ( जेम काेभिड भेक लिओ ) दिइएकाे छ । याे सुइकाे आविस्कार मस्काेस्थित रूसी स्वास्थ्य मन्त्रालयसंँ सम्बन्धित एक सँस्था गेमालेया रिसर्च इन्स्टिच्ट्यूटले तयार पारेकाे हाे ।

याे इन्स्टिच्ट्यूटले गत जुनदेखि सुइकाे तयारीमा लागेकाे थियाे । पहिलाे परिक्षणकाे समयमै कतिपय रूसी उपल्लाे ओहाेदामा रहेका ब्याक्तिलाइ याे सुइ परिक्षणकाे रूपमा लगाइएकाे छ ।

याे सुइले मानव शरिरमा रहेकाे काेराेना भाइरसविरूद्द काम गर्ने तथा मानव शरिरलाइ संक्रमणबाट समेत सुरक्षीत राख्ने पनि काम गर्दछ ।

याे सुइ मानव शरिरमा भाइरस विरूद्द काम गर्ने गरि एडी–५ तथा एडी-२६ दुइ प्रकाका औषधिकाे समिश्रणबाट तयार पारिएकाे हाे । यी दुइकाे समिश्नणलाइ काेराेना भाइरसकाे जिनसँग लडन सक्नेगरि तयार पारिएकाे जनाइएकाे छ ।

यतिवेला संसारभर काेराेनाविरूद्द तयार पारिएका औंषधिहरू एकतर्फी रूपमा मात्र काम गर्ने खालका रहेकाे बताइएकाे छ । तर, रूसले तयार पारेकाे याे सुइ भने बहुउपयाेगी समेत हुनसक्ने दावी गरिएकाे छ । रूसी वैज्ञानिकहरूले दुइवटा एन्टी काेराेना भ्याक्सीनकाे समिश्रण गरि याे औंषधीकाे तयार पारेकाे दावी गरेका छन् ।

रूसी स्वास्थ्य मन्त्रालयले दावी गरे अनुसार याे औंषधीकाे अरू राेगका लागि तयार पारिएकाे हाे । जुन सुइ नै काेराेना नियन्त्रणका लागि प्रभावकारी बनेकाे हाे ।

रूसले तयार पारेकाे याे सुइलाइ अन्य विकसीत मुलुकले समेत पछ्याइरहेका छन् ।अमेरीका र युराेपीयन मुलुकहरूले भने याे सुइकाे प्रभावकारीताकाे बारेमा प्रश्न उठाएका छन ।

सम्बन्धित समाचार

वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
वर्षाका कारण काठमाडौंको फोहोर बिसर्जन प्रभावित
  • २०७७ श्रावण १८, १९: ४३

काठमाडौं : निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा वर्षाका कारण लेदोसहितको पानी...

काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक यातायात
  • २०७७ श्रावण १८, १९: ४३

काठमाडौं : विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण...

काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौ कांग्रेसका चर्चित युवा ई. सुसन वैद्य महानगरको सभापतिमा निर्विरोध निर्वाचित
  • २०७७ श्रावण १८, १९: ४३

काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित बनेका छन्। बुधबार भएको महानगर...