केन्द्रिय नेतृत्वसँग असन्तुष्ट सभापतिहरुले के भने ? – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

केन्द्रिय नेतृत्वसँग असन्तुष्ट सभापतिहरुले के भने ?

काठमाडौं । स्थानिय निर्वाचनमा पछि पर्दै आएको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी पछारीएपछि कांग्रेसका अधिकांश नेताहरुलाई दबाब सृजना भएको छ ।

यसैअनुरुप अधिकांश जिल्लाका स्थानिय कार्यकर्तादेखि जिल्ला कार्यकर्तासम्मले केन्द्रमा पार्टीको पुर्नसंरचनाका लागि दबाब दिन थालेपछि जिल्ला जिल्लाको दबाबलाई थेग्न नसकेर जिल्लाको संगठन बलियो बनाउने भन्दै केही जिल्ला सभापतिहरुको पहलमा राष्ट्रिय भेला बोलाउन केन्द्रमा दबाब दिने उदेश्यका साथ भेला डाकिएको एक जिल्ला सभापतिले नयाँ विकल्पलाई जानकारी दिए ।

बुधबार र विहिबार दुईदिन बसेको २२ जिल्लाका सभापतिहरुको भेलाले चुनावी हारको समीक्षा र पार्टीलाई चलायमान बनाउन भेलाको आयोजना गर्ने निर्णय गरेको सिन्धुपाल्चोकका सभापति विकास लामाले बताए ।

यद्पी उनले राष्ट्रिय भेलाको मिति भने खुलाएनन् । पार्टीलाई सुदृढीकरण गर्नु परेकाले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला डाक्ने निर्णय भएको छ । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समन्वय गर्न बर्दिया कांग्रेसका सभापति एवम् सिंचाई मन्त्री सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

समितिले राष्ट्रिय भेलामा के–कस्ता मुद्धामा बहस र छलफल चलाउने भन्ने विषयको समेत तय गर्ने जनाइएको छ । उनका अनुसार भेलाले उच्च हिमाली र पहाडी २२ जिल्लालाई दुर्गम क्षेत्रमा राख्न सरकारको ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।
जिल्ला सभापतिहरुको भेलामा नेतृत्व परिवर्तनका लागि महासमिति बैठक वा विशेष महाधिवेशन बोलाउने विषयमा केही कुरा भएन, उनले यसबारमा राष्ट्रिय भेलामा छलफल हुने बताए ।

उक्त भेलामा सिन्धुपाल्चोक, रामेछाप, धादिङ्ग, दोलखा, जाजरकोट, हुम्ला, जुम्ला, कास्की, कैलाली, मनाङ, मुस्ताङ, मुगु, बर्दिया लगायतका जिल्ला सभापतिहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७४ माघ २, १२: ०४

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७४ माघ २, १२: ०४

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७४ माघ २, १२: ०४

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...