केन्द्रिय नेतृत्वसँग असन्तुष्ट सभापतिहरुले के भने ? – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

केन्द्रिय नेतृत्वसँग असन्तुष्ट सभापतिहरुले के भने ?

काठमाडौं । स्थानिय निर्वाचनमा पछि पर्दै आएको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी पछारीएपछि कांग्रेसका अधिकांश नेताहरुलाई दबाब सृजना भएको छ ।

यसैअनुरुप अधिकांश जिल्लाका स्थानिय कार्यकर्तादेखि जिल्ला कार्यकर्तासम्मले केन्द्रमा पार्टीको पुर्नसंरचनाका लागि दबाब दिन थालेपछि जिल्ला जिल्लाको दबाबलाई थेग्न नसकेर जिल्लाको संगठन बलियो बनाउने भन्दै केही जिल्ला सभापतिहरुको पहलमा राष्ट्रिय भेला बोलाउन केन्द्रमा दबाब दिने उदेश्यका साथ भेला डाकिएको एक जिल्ला सभापतिले नयाँ विकल्पलाई जानकारी दिए ।

बुधबार र विहिबार दुईदिन बसेको २२ जिल्लाका सभापतिहरुको भेलाले चुनावी हारको समीक्षा र पार्टीलाई चलायमान बनाउन भेलाको आयोजना गर्ने निर्णय गरेको सिन्धुपाल्चोकका सभापति विकास लामाले बताए ।

यद्पी उनले राष्ट्रिय भेलाको मिति भने खुलाएनन् । पार्टीलाई सुदृढीकरण गर्नु परेकाले जिल्ला सभापतिहरुको राष्ट्रिय भेला डाक्ने निर्णय भएको छ । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको समन्वय गर्न बर्दिया कांग्रेसका सभापति एवम् सिंचाई मन्त्री सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

समितिले राष्ट्रिय भेलामा के–कस्ता मुद्धामा बहस र छलफल चलाउने भन्ने विषयको समेत तय गर्ने जनाइएको छ । उनका अनुसार भेलाले उच्च हिमाली र पहाडी २२ जिल्लालाई दुर्गम क्षेत्रमा राख्न सरकारको ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।
जिल्ला सभापतिहरुको भेलामा नेतृत्व परिवर्तनका लागि महासमिति बैठक वा विशेष महाधिवेशन बोलाउने विषयमा केही कुरा भएन, उनले यसबारमा राष्ट्रिय भेलामा छलफल हुने बताए ।

उक्त भेलामा सिन्धुपाल्चोक, रामेछाप, धादिङ्ग, दोलखा, जाजरकोट, हुम्ला, जुम्ला, कास्की, कैलाली, मनाङ, मुस्ताङ, मुगु, बर्दिया लगायतका जिल्ला सभापतिहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०७४ माघ २, १२: ०४

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०७४ माघ २, १२: ०४

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०७४ माघ २, १२: ०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...