प्रदेश २ का कानुन मन्त्रीलाई कोरोना, प्रोटोकल मिच्दै प्रधानमन्त्रीसँग फोटो खिच्दा होला त कारबाही ? – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

प्रदेश २ का कानुन मन्त्रीलाई कोरोना, प्रोटोकल मिच्दै प्रधानमन्त्रीसँग फोटो खिच्दा होला त कारबाही ?

साउन १६ गते प्रधानमन्त्रीकाे सरकारी निवास वालुवाटारमा सामूहिक तस्वीर, निलाे घेरामा प्रदेश मन्त्री यादव

नयाँ विकल्प

काठमाडौं । प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बुधबार कोरोना भाइरसक संक्रमणको पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई समेत संक्रमणको जोखिम हुने आशंका बढेको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा साउन १६ गते भएको बैठकमा यादवसँगै गृहमन्त्री थापा, प्रहरी महानिरिक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, गृह मन्त्रालयका सचिव महेश्वर न्यैपाने, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राइसहित सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको उपस्थिति थियो ।

प्रहरी समायोजन प्रक्रिया १५ दिन भित्र अगाडि बढाउने निर्णय भएको बैठकमा प्रधानमन्त्रसहित अन्य कसैले पनि भौतिक दूरी कायम गरेको पाइँदैन । पार्टी सचिवालय र स्थायी समिति बैठकमा समेत भौतिक दूरी कायम गरी आसन गर्ने प्रधानमन्त्री ओलीले सो बैठकमा भने माक्स समेत प्रयोग गरेको पाइँदैन ।

  • कानून कार्यान्वयन तहमा रहेका व्यक्तिले नै प्रोटोकल मिचेर बैठक बसेको र फोटो सेसन गरेको पाइन्छ ।

आम सर्वसाधरण नागरिकलाई कोरोना संक्रमणको महामारी भएको बेला भिँडभाडमा नजान र अत्यावश्यक कामले वाहिर निस्कन परेमा वा बैठक बस्नु परेमा स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नु अनिवार्य हुन्छ ।

माक्स नलगाउने सर्वसाधरणलाई जरिवाना र दण्ड सजाय दिँदै आएको सरकार र त्यसको कार्यान्वयनको उपल्लो तहमा रहेका व्यत्तित्व गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरिक्षकले स्वास्थ्य सुरक्षा मापदण्ड (प्रोटोकल) उल्लंघन गरेको देखिन्छ ।

कोरोना भाइरसको संक्रमण भयाभह भएको बेला प्रोटोकल मिच्ने वा उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही दण्ड जरिवाना र सजायको व्यवस्था कानूनले गरेको छ । तर, कानून कार्यान्वयन तहमा रहेका व्यक्तिले नै प्रोटोकल मिचेर बैठक बसेको र फोटो सेसन गरेको पाइन्छ ।

पाँच दिन अघि नै माक्स नलगाई तस्बीर खिचेर प्रोटोकल उल्लंघन गरेको भए पनि आमरुपमा त्यसलाई कसैले पनि प्रश्न गरेका थिएनन् । तर सो उच्चस्तरिय सुरक्षा बैठकमा सहभागी एक जनालाई कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमणको जोखिमा भयावह हुने देखिन्छ ।

स्वास्थ्य सुरक्षा नअपनाएका कारण संक्रमण सो बैठकमा सहभागी अन्यलाई समेत सरेको अवस्थाका दोषी कसलाई करार गरिने हो ? त्यो भने हेर्न वाँकी छ ।

‘सानालाई ऐन र ठूलालाई चैन’ को व्यवहार र कार्यशैलीले नेपालमा समेत उच्चपदस्त व्यक्तिले आफू सत्ताको बागडोर सम्हाल्ने ठाउँमा गए पछि कानुन र नियम मिच्ने र सर्वसाधरणलाई दण्ड सयाज तोक्ने संस्कारको निरन्तरताको रुपमा लिइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रोटोकल मिचेर माक्स नै नलाई तस्वीर खिच्ने प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव आइतबारको बैठकमा काठमाडौंमा थिए । उनले बुधबार नै जनकपुर पुगेर स्वाव परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएको हो ।

सम्बन्धित समाचार

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ श्रावण २२, १४: ०२

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०७७ श्रावण २२, १४: ०२

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर तोलामा...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
  • २०७७ श्रावण २२, १४: ०२

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...