
आमनागरिक जस्तोसुकै चुनौति र संकटमा परे पनि समाजको चौथो अङ्ग आमसंचार माध्यमको कर्तव्य निरन्तर सत्य र नविन सूचना र सन्देश प्रवाह गर्नु नै हो । यो दायित्व निर्वाह गर्ने क्रममा छापामाध्यमबाट आफ्ना पाठकलाई सूचना र सन्देश प्रवाह गर्दै आएको नयाँ विकल्प साप्ताहिकको परिस्कृत, परिमार्जित र विकसित रुपमा नयाँ विकल्प डटकमले आफ्नो भिजिटरहरुलाई सूसुचित गर्दै आएको छ ।
समय सापेक्ष सूचना र सन्देश प्रवाह गर्न सकिने विश्वव्यापी रुपमा प्रभाव पार्न सक्ने डिजिटल मिडियाको माग र आवश्यकतालाई मध्यनजर गर्दै आजभन्दा दुई वर्षअघि शुरु भएको नयाँ विकल्प डटकमले यो छोटो अवधिमा हाम्रा भिजिटर, बिज्ञापनदाता, शुभेच्छुकबाट जुन सहयोग, सद्भाव शुभेच्छा पाएका छौं, त्यसले हामीलाई उत्प्रेरणा र हौसला बढाएको छ ।
आगामी दिनमा सूचना र सन्देश चाँडो वा तत्काल पस्कनु पर्ने चुनौति पनि हाम्रो अघि उभिएको छ । विश्व नै एउटा गाउँमा परिणत गर्ने क्षमता राख्ने डिजिटल मिडियाको प्रभाव, माग, लोकप्रीयता र आकर्षण जति छन् त्यति नै चुनौति देखिएका छन् ।
समाजलाई सही र उपयुक्त सन्देश चाँडो भन्दा चाँडो पस्कनु पर्ने दायित्व र कर्तव्य पुरा गर्ने जिम्मेवारी हाम्रो लागि अवसर र चुनौति दुवै हुन् । एक दशक यता नेपालमा कयौंका सख्यामा दर्ता भएर वा नभइ, स्वेदश वा विदेशबाट अव्यवस्थित ढंगले संचालनमा आएका अनलाईन न्युज पोर्टलको भिँडमा हाम्रो उपस्थिति कम चुनौतिपूर्ण छैन् ।
डिजिटल मिडियामा भएको प्रविधिको बिकास र प्रयोगले हामीलाई लोकप्रीय हुन जति अवसर दिएको छ, यसको दूरुपयोग हुनसक्ने सम्भावनाले पनि त्यति नै चुनौति थपेको छ । हजारों अनलाईन न्युज पोर्टलको भिँडमा हामीले आफ्नो छुट्टै पहिचान बनाउन सक्नु र भिजिटरको विश्वास र भरोसा एवम् चासो राख्नु हाम्रो सफलताको मार्ग हो ।
हामी अनलाईन मिडियाको बाटोमा लय पकड्दै जाँदा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) को महामारकिा कारण जनधनको अपूरणीय क्षति र अकल्पनिय क्षतिलाई हामीले टुलु टुलु हेरेर बसेनौं, यो महामारीको बीचमा पनि हाम्रो भिजिटरको सूचना र सन्देश लिने चाहनालाई पूर्ति गर्न आफ्नो सेवा दिन सफल भएका छन् ।
शुरुको पहिलो वर्ष हामीले नयाँ विकल्प साप्ताहिकको प्रिन्ट भर्सनलाई डिजिटल भर्सनमा पोष्ट गरेर पत्रिकाका पाठकलाई डिजिटल डिभाईसको माध्यमबाट सूचना र सन्देश प्रवाह गर्न सक्यौं ।
समयको माग र डिजिटल मिडियाको आकर्षणलाई ध्यानमा दिँदै गत वर्षदेखि हामीले नयाँ विकल्प डटकमलाई छुट्टै अनलाईन मिडियाको स्वायत्त र छुट्टै पहिचान दिएर २४सै घण्टा देश विदेशका सूचनालाई पोष्ट गर्दै आएका छौं ।
कोरोनाको चौतर्फी आक्रमण र फैलावटले समाजमा देखिएको त्रासदीपूर्ण अवस्थामा हामीले रोजेको डिजिटल मिडियाबाट भिजिटरको मन जित्न सफल भयौं। कोरोना संक्रमणको यस अवधिमा हाम्रो निरन्तरता, सजगता र योगदानले हामीलाई गुणस्तरिय सूचना प्रवाह गर्न सकेको र हाम्रो हजारौं पाठकले हाम्रा समाचार र सामग्रीलाई फेसबुक, युट्युव र समाजिक सञ्जालका अन्य माध्यमबाट प्रवाह गर्ने, वितरण गर्ने कार्यले हामीलाई हौसला दिएको छ ।
हाम्रा भिजिटर, शुभेच्छुक, विज्ञापनदाता र सहकर्मीको योगदान, सहयोग र प्रतिक्रियाले हामीलाई यो अनलाईन मिडियालाई अझ उन्नत, परिमार्जित र परिस्कृत गर्नको लागि समाचार अद्यावधिक गर्दै मुलधारको आमसञ्चार माध्यमको रुपमा स्थापित भएका छौं । यही स्थापित मान्यतालाई निरन्तरता दिनको लागि हामीले आज तेश्रो वर्ष प्रवेशको अवसर पारेर अनलाईन माध्यमको उच्चतम प्रविधिको प्रयोग गरी श्रब्य, दृष्य माध्यम भिडियोलाई पनि समाचार सामग्रीको रुपमा निरन्तर पस्कने प्रयास गरेका छौं ।
हाम्रो यो प्रयासलाई विगतमा झैं हाम्रा भिजिटरले मन पराउने र शेयर गर्नेदेखि प्रतिक्रिया, सल्लाह सुझावसहित अघि बढ्ने प्रण गर्दै नयाँ विकल्प टेलिभिजन भर्सनलाई सँगसँगै अघि बढाएका छौं ।
हाम्रा भिजिटरलाई सूचना, शिक्षा र मनोरञ्जनका माध्यमद्वारा यथेष्ठ र भरपूर सन्तुष्टि प्रदान गर्ने हाम्रो प्रयासलाई सफल पार्नुहुने विश्वासका साथ आगामी जस्तोसुकै चुनौति र अवरोहलाई चिर्दै अघि बढ्न निरन्तर अघि बढ्ने छौं । सदा झैं हाम्रो अनलाईनमार्फत सूचना र सन्देश ग्रहण गर्ने समस्त भिजिटरप्रति आभार प्रकट गर्दछौं ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...