चीनको वुहानबाट सुरुभएको कोरोना भाइरस यतिखेर विशवको २०४ वटा मुलुकमा फैलिरहंदा बाह्र लाख ७४ हजार संक्रमित भैसकेका छन् भने ६९ हजार बढीको ज्यान गइसकेको छ । यो महामारीले इटलीलाई नराम्ररी धक्का पु¥याएको छ भने चीन हुँदै अमेरिकालाई पनि ठुलै धक्का पु¥याउने लक्षण देखा पर्दै गएको छ । ज्यान बचाउन आम नागरिकहरु घर भित्रै बसीरहेका छन् । यसै अनुरुप हाम्रो मुलुकवासीहरुले पनि सरकारले घोषणा गरेको लकडाउनको पालना गरिरहेका छन् । नेपालमा नै सिर्जित नभएको र यो अन्य मुलुकबाट आयातित भएको हुँदा विदेशबाट आएका नागरिकहरुलाई कडी कडाउका साथ सरकारले सेल्फ क्वारेन्टाइनमा राख्न नसकेको कारण कैलालीको एक महिलालाई कोरोना भाईरस देखिएको र सोही घटनाले कोरोना भाईरस दोस्रो चरणमा प्रदेश गरेको अनुमान गरिएको छ । पहिलो चरणमा पनि सरकारको पूर्ण तयारी नदेखिएकोले सर्वसाधारण त्रसित छन् । कैलालीको घटना उदाहरण हो। दुवै बाट आएका ति चौंथो संक्रमित व्यक्ति क्वारेन्टाइनमा बसे नबसेको निगरानी गर्न नसक्दा उनीबाट उनको भाउजुमा संक्रमण फैलियो । तर यो रोक्न सकिने थियो।
उता सरकार भने वक्तव्यवाजी गरेर बसीरहेको छ । २ महिनादेखि कोरोना सम्बन्धी औषधिको टेन्डर गरिएको र उक्त टेण्डरमा प्रक्रियामा सामेल भएका प्रतिस्पर्धीलाई रद्ध गरेर आफुसुखी ओम्नी विजनेश कर्पोरेट इन्टरनेशललाई राता रात महंगो दररेटमा आयात गर्न अनुमति दियो । समान खरिदमा अनियमितता भएपछि सम्झौता भंग गरेर पानि माथिको ओभानो बनेर चुप लागेर बसिरहेको छ र सिंगो राष्ट्रप्रति गैर जिम्मेवारी प्रदेर्शनी गरिरहेको छ । निकै विवादका बीच गरिएको ओम्नीसँगको सम्झौता भंग गरेर आफु उम्किन खोजिरहेको छ। विवादित सम्झौताको बोरमा प्रदेश सभा सदस्यले नै सरकारका विरुद्धमा उजुरी दिएपछि उक्त सम्झौता रद्ध गरिएको हुँदा खरिद प्रक्रिया गलत भएको प्रष्ट हुन्छ। त्यसैले सरकारले अनियमिततामा संलग्न व्यक्रिहरुलाई कठघरमा उम्भाई दुधको दुध पानीको पानी छुट्यउन पर्दछ। गल्ती गर्ने व्यक्तिले उन्मुक्ति पाउनु हुँदैन।जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषयमा भएको यत्रो भ्रस्टाचारको उचित छानबिन हुने पर्छ र यस्तो महामारीको समयमा अनियमितता गर्नेलाई कुनै पनि हालतमा कानुनी कारबाही सरकारले गर्ने पर्छ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...