नेपालको २०७२ को संविधान अनुसार भएको तीनतहको निर्वाचनमा अधिकांश स्थानहरुमा नेपाल कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गर्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा समेत झण्डै दुई तिहाई नजिक पुगेको वर्तमान सरकारले निर्वाचनको समयमा दिएका आस्वाशन र
प्रतिबद्धताअनुसार काम गर्न नसकेका कारण मुलुकवासीले खोजेको राजनैतिक, आर्थिक, सामाजिक रुपान्तरण हुन सकेन । सरकार दिन प्रतिदिन ठूला काण्डहरुमा फस्दै गयो । विगतको वर्ष भन्दा पनि गएको वर्ष झन् झन् ठूला काण्ड भए । तत्कालिन सभामुख कृष्ण बहादुर महरा, पूर्व मन्त्री गोकुल बास्कोटा गत वर्ष निकै चर्चामा रहे । त्यसैगरी अमेरिकन सहयोग एम.सि.सि.ले पनि ठुलै हलचल मच्चायो ।
२०७६ को अन्त्य तिर विश्वभरी महारमारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म २१० वटा राष्ट्रमा फैलिसकेको छ । यसबाट अठार लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने एक लाख चौध हजार व्यक्तिहरुको ज्यान गई सकेको अवस्था छ । नेपालमा हाल सम्म बाह्र जनामा संक्रमण देखिएको छ । संक्रमितहरुको संख्या बढ्ने जोखिम कम गर्न लकडाउन गरिएको आज २०औं दिन भएको छ । अझै पनि विकल्प भनेको लकडाउन नै हो। कोरोना फैलिन नदिन सरकारले हाल लकडाउननै उत्तम ठानेर तीन पटक सम्म लकडाउन बढाई सकेको छ भने फेरी पनि बढाउने संकेत गर्दैछ। फितलो स्वास्थ प्रणालीका कारण संक्रमण फैलिहाले नेपालको अवस्था इटली र स्पेन भन्दा भयानक हुन सक्छ। तसर्थ, अहिलेको सबै भन्दा उत्तम उपाय भनेको घरमै बस्ने हो।
२०७६ सालमा नेपालमा विभिन्न राजनैतिक उतारचढाब भए भने अन्त्य तिर कोरोनाले त्रास फैलायो र त्यो अझै कायमनै छ। अबका दिनमा भनेको सचेत रहने र अर्को महामारी फैलिनबाट बच्ने र बचाउने कार्यमा सक्रिय भएर लाग्ने बेला भैसकेको छ।२०७६ साल जति उतारचढाबमय भएपनि २०७७ साल भने शुभ र दिर्घायु रहोस। जस्तो सुकै संकटमा पनि निडर भएर समाजलाई सुसूचित गराउने हौसला सम्पूर्ण संचारकर्मीहरुलाई मिलोस, हाम्रो शुभकामना !
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...