विश्वमान चित्रमा कालो बादल मडारिरहेको छ । दिन प्रति दिन विश्वका मानिसहरुको कोरोनाबाट मृत्यु हुने संख्या बढ्दै गएको छ । शक्तिराष्ट्रहरुमा समेत कोलाहल छ । विश्वरुपी यो महामारीबाट डेढलाख मानिसहरुको मृत्युवरण अवस्था सिर्जन भएको छ । ५ गते विहान सम्म २४ घण्टामा कुनै नयाँ संक्रमित भेटिएन भनेर समाचार लेखिरहदा साझपख एकाएक उदयपुर र चितवनमा संक्रमित देखिपछि देशभरी नै कोलाहल मच्चिएको छ । संक्रमितको संख्या १६ बाट एकैपटक ३१ पुगेको छ । तर सरकार भने प्रतिपक्षी र आफुलाई मन नपरेका व्यक्तिलार्ई गाली गरेर बसिरहेको छ ।
जनता निरास छन् । यो महामारी कहिले सम्म फैलिने हो, लकडाउनमा कहिले सम्म बस्नु पर्ने हो, देशको अर्थतन्त्र धराशाही भएको अवस्थामा व्यक्तिगत आर्थिक अवस्था बलियो हुने कुरै भएन । तर सरकार भने आफ्नो कार्यकर्तालाई जागिर खुवाउने र सरकारी ढुकुटी दोहन गर्न रणनीतिमा लागेको प्रष्ट देखिन्छे । जनता लकडाउनका कारण अब भोकले भौतारिदै सडकमा खोलामा, सिमानामा, प्रहरीसंग मुठभेड गर्दै राजधानी छोडेर हफ्ता दिन हिडेर समेत आफ्नो घर पुग्ने प्रयासमा छन् । सडकमै भोक भोकै ज्यान जाने अवस्थामा रहेको बेला सरकार भने यतिखेर आवश्यक नभएको सुकुम्बासी आयोग बनाएर आफ्ना कार्यकतालाई वार्षिक अरबौं बाड्ने रणनीतिमा लागि परेको छ । सर्वसाधारणदेखि बौद्धिक जमातले समेत ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भने जस्तो उखान गरी गिज्याई रहेका छन् । यस्तो विषम परिस्थिति र महामारीको कहरमा समेत नियुक्ति गर्ने सरकारसंग जनताले के अपेक्षा गर्ने ? यतिखेर नियुक्ति गर्नुपर्ने के त्यस्तो अवस्था आएछ सरकारले जवाफ दिन जरुरी छ । यो बेमौसमको बाजाले जनतालाई अहिलेको महामारीमा कस्तो फाइदा पुग्छ त्यो जनताले थाहा पाउनु पर्ने बिषय हो ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...