दुई तिहाई नजिक रहेको नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यतिखेर चौतर्फी घेराबन्दीमा परेको छ । गणतन्त्र पछि बनेका सरकारहरुमध्ये सबैभन्दा आलोचित र अलोकप्रिय हुन पुगेको छ यो सरकार अहिले । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हाल सम्म विश्वमा उनान्तिस लाख ९५ हजार पाँच सय भन्दा बढी संक्रमित मध्ये दुई लाख ७ हजारको मृत्यु भएको र आठ लाख ७८ हजार ९७२ व्यक्तिहरुले यो रोगबाट पुनरजिवन पाएका छन् । विश्वव्यापी महामारीका कारण अरबौं मानिसहरु घर भित्र बस्न बाध्य छन् । हाम्रो मुलुक पनि त्यहि महामारीको त्रासबाट बच्नका लागि नेपाली जनता सरकाले लगाएको लकडाउनको पूर्ण पालना गरी घर घरमानै बसी रहेका छन् यो नेपाली जनताको धैर्य हो तर सरकार भने नेपाली जनताको यो धैर्यताको फाइदा उठाउदै आफु खुसि मनपरी निर्णय गरि रहेको छ । यस्तो संकटपूर्ण अवस्थामा जनजिविकाको सवालभन्दा आफुखुसी संसद छलेर, लोकत्रान्तिक बेबस्थाको नै अबमुल्यांकन गर्दै अध्यादेश मार्फत अरुलाई फुटाउ र राज गर भने जस्तो उल्टो बाटो हिडिरहेको छ । यहि कारणले ओली सरकार ढल्ने अवस्थामा पुगेको छ ।
दर्जनौं काण्डबाट बदनाम हुँदै आएको ओली सरकाले अधिल्लो हप्ता ल्याएको दुई अध्यादेशले नेकपा पार्टी भित्रै खैलाबैला मच्चाएको छ भने प्रम ओली आफ्नै पार्टी भित्र अल्पमतमा परेका छन् । पार्टी र पार्टी बाहिरबाट अत्याधिक विरोध भएपछि राष्ट्रपतिबाट लालमोहर लगाएको उक्त विधेयक २ दिनमै फिर्ता लिन बाध्य भए ।अध्यादेश जारि भएपछि समाजवादी पार्टी गठनको बिषयमा मधेशवादी दलका एक सांसद अपहरणको काण्ड पर्दाफास भएपछि नेकपाका शीर्ष नेताहरुबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भैरहेको छ । दुई अध्यक्ष मध्ये अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपाका अन्य शिर्ष नेताहरुको सम्मानपूर्वक आग्रहलाई लत्याएर फेरि पनि सरकार केही समय टिकाउने बहानामा फोहरी खेल खेल्ने र राष्ट्रपति मार्फत संसद भंग गराएर निर्वाचन घोषणा गराउने दुस्साहपूर्ण कार्यतिर लम्किन खोजेको देखिन्छ। यतिखेर सरकारको ध्यान केवल कोरोना संक्रमणको नियन्त्रण र थला परेको अर्थतन्त्रलाई उकास्नेतिर जानु पर्ने हो तर बेला न कुबेला अध्यादेश ल्याएर प्रधानमन्त्रीले आफुलाई जनता र देशभन्दा कुर्सि प्यारो भएको प्रष्ट परेका छन् । राता रात अध्यादेश ल्याएर पार्टी फुटाउने खेलमा प्रधानमन्त्रि लागेको आरोप उनका आफ्नै पार्टीका नेताहरुको आरोप छ । यसमा राष्ट्रपतिको संलग्नताले राष्ट्रपति बिद्या देवी भण्डारीपनि विवादमा तानिएकी छिन् ।
तसर्थ, आफ्नो बचे कुचेको राजनैतिक साख जोगानका लागि पनि राजीनामा बाहेक अर्को विकल्प वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छैन । त्यसैले अहिलेको उपयुक्त निकास भनेकै सत्ता हस्तान्तरण हो !
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...