खस्कदो प्रेस स्वतन्त्रता – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

खस्कदो प्रेस स्वतन्त्रता

नेपालको संविधान अनुसार अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, निस्पक्ष कार्यपालिकाले मात्र मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने मान्यता रहि आएको छ । सोही अनुरुप मुलुकको राज्य संचालनका अंगहरु परिचालित भइरहेका हुन्छन् । लोकतान्त्रिक परिपाटीबाट मुलुक चलाउने जुनसुकै मुलुकमा पनि प्रेस निर्वाध रुपमा संचालन भईरहेको हुन्छ । २०४६ साल पछि सञ्चार क्षेत्रको प्रतिबन्धात्मक व्यवस्था हटेकै कारण नेपालको राजनैतिक परिवर्तनमा नेपाली प्रेसले अहम भूमिका खेल्दै आएका छन् । राज्य सञ्चालनमा जुनसुकै पार्टीको सरकार भएपनि नेपाली प्रेसले स्वतन्त्र र निर्भिक रुपमा नेपाली जनतालाई सूचना प्रवाह गरि रहेकै छन् । सरकार तथा प्रतिपक्षी दलको स्वच्छ आलोचना निर्वाध रुपमा गरिरहेको नेपाली संचार जगत् वेला वेलामा पीडित बन्न परेको यथार्थता हामीले व्यहोरिरहेका छौं ।


यस वर्ष पनि त्यस्ता खाले घटना भएको तथ्य विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले निकालेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको वार्षिक प्रतिवेदनमा उल्लेख भएको छ । जस अनुसार गएको वर्षभन्दा यस वर्ष प्रेस स्वतन्त्रताको घटना झन बढेका छन् । गत वर्ष ६० वटा प्रेस स्वतन्त्रताको घटना घटेको थियो भने यस वर्ष विभिन्न ९७ वटा घटनाहरुका घटेका छन् । प्रतिवेदनले ९४ जना पत्रकार पिडित भएको देखाएको छ भने तिनवटा संचार संस्थामा प्रेस स्वतन्त्रता बिरोधीे घटना घटाइएको छ । विभिन्न संचार माध्यममा लेखेकै भरमा ८ जना पत्रकारलाई सरकाले गिरफ्तार गरेको छ । १३ पत्रकार माथी आक्रमण भएको छ । ३२ जना पत्रकारमाथी दुव्र्यवहार भएको छ । स्वतन्त्र प्रेस माथी अवरोध तथा कब्जा भएको, पत्रकारिता क्षेत्रमा असुरक्षा बढेको र पत्रकारिता पेशाबाट विस्तापित हुनेक्रम पनि जारी छ ।

पछिल्लो समय सरकाले संविधान प्रदत्त अधिकारलाई खुम्च्याउदै संचारसम्बन्धी कानुन संशोधन गरेर संसदमा समेत पेश गरेको छ । उक्त प्रेस सम्बन्धी कानुन सच्याउन र प्रेस मैत्री बनाउन नेपाली प्रेस जगतले संघर्ष गरिरहन परेको छ । अझै पनि त्यस्ता कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग सरसल्लाह समेत अगाडि बढाइएको छैन । स्वच्छ आलोचना गरेको र लेखेकै भरमा पत्रकारलाई गिरफ्तार गर्ने र स्वतन्त्र प्रेस माथी सरकारले हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन नआएसम्म यस्ता खाले घटना घटिरहने छन् । त्यसैले लोकतान्त्रिक विधि अनुसार मुलुक चलाउन अभिव्यक्ति स्वतन्त्रताको अहम् भूमिका हुने हुँदा प्रेसलाई नियन्त्रण होइन स्वयम् नियमन गर्ने जिम्मेवार भूमिकाले मात्र नेपाली प्रेस स्वतन्त्र र निर्वाध रुपमा संचालन हुनेछ ।

सम्बन्धित समाचार

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७७ बैशाख २२, ०८: २०

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...

नेपाली कांग्रेस एकताबद्ध रहने हो भने आपसमा बसेर समस्या समाधानको सूत्र खोजून्
नेपाली कांग्रेस एकताबद्ध रहने हो भने आपसमा बसेर समस्या समाधानको सूत्र खोजून्
  • २०७७ बैशाख २२, ०८: २०

१. भेला जब सम्मेलन हुनपुग्यो……… अहिले नेपाली कांग्रेस कतिवटा छन् ? बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसार भट्टराई, सुवर्ण समशेर राणाको अगुवाइमा...

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७७ बैशाख २२, ०८: २०

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...