चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसको महामारी उन्मत्त हुँदै यतिबेला विश्वको दुई सय पन्ध्रवटा मुलुकमा फैलिरहेको छ । विश्वका ४७ लाख मानिसहरुमा कोरोना भाईरस संक्रमित हुँदा ३ लाख १३ हजारले ज्यान गुमाएका छन् । विश्वका शक्तिशाली राष्ट्रदेखि अविकसित मुलुक समेत आर्थिक संकटमा पर्ने संकेत आइसकेको छ । हाम्रो मुलुकमा पनि नजानिदो तरिकाले कोरोना भाईरस फैलिएको हुँदा मानिसहरुको मृत्यु समेत हुन थालिसकेको छ ।
दिनानुदिन त्रास बढ्दै गएको छ । सरकारले सुरुका दिनमा विज्ञहरुको सल्लाह र सुझाव नमान्दा आजको स्थिति सिर्जना हुन पुगेको छ । राज्य सञ्चालनमा पदासिन व्यक्तिहरुबाट गैर जिम्मेवारी अभिव्यक्ति आउनु र लकडाउन भएको पनि २ महिना हुन लाग्दा पनि अत्यावश्यक स्वास्थ्य सामग्री दुत मार्गबाट ल्याउन नसक्नु सरकारको कमजोरी हो । मुलुकभित्र कोरोनाको कहरले कहाली लाग्दो अवस्था सिर्जना हुँदा पनि अत्यावश्यक सामग्रीहरु छिमेकी राष्ट्रको उपहारमा नै रमाई रहेको छ सरकार ! मुलुक दिनप्रति दिन गति हिनतामा पुगिरेहको छ । किनकी २ महिनादेखि मुलुक लकडाउनमा छ तर सरकारले अत्यावश्यक स्वस्थ्य उपकरण किन्ने निर्णय फिर्ता लिएसँगै स्वास्थ्य सामग्री खरिद गर्ने द्रुतमार्ग पत्ता लगाउन सकेको छैन । स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने अत्यावश्यक सामग्री पु¥याउन नसक्दा स्वास्थ्यकर्मीहरु निरासाजनक अवस्थामा पुगेका छन् ।
त्यसैले आगामी दिनहरु विशेष गरी तीन क्षेत्रका मानिसहरुका लागि निकै चुनौतीपूर्ण देखिदै आएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई थप चुनौती छ । नेपालको सञ्चार क्षेत्रले यस्तो कष्टकर समय कहिले बिताउन परेको थिएन तर पनि आम नागरिकको जिउ ज्यानको सुरक्षामा विशेष ध्यान दिन पर्ने भएको हुँदा नयाँ उपाय खोजी गर्न अत्यावश्यक छ । नेपाली नागरिकहरुको मानवीय क्षति हुन नदिन अहिले विशेष गरी दुईवटा दायित्व नेपाली सञ्चार क्षेत्रमा आएका छन् । जस अनुसार नेपाली जनतामा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन भ्रामक, तथ्यहिन र कोरोना भाईरसबाट मृत्यु भएका व्यक्तिहरुको तस्वीर, श्रव्य दृश्य सकभर प्रकासन नगर्ने, त्यसैले आधिकारिक, सत्य तथ्य र हतारो नगरी पुष्टी भएका समाचारहरु मात्र प्रकाशन÷प्रसारण गर्नका लागि स्वःनियमनको अनिवार्य कार्यानवयन गर्ने तर्फ सबैको ध्यान जान जरुरी छ ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...