नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ । बुधबार (कात्तिक १९) नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो ।

आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.४८ प्रतिशतले घटेको छ ।

आइतबार बढेको बजार सोमबार र मंगलबार दुई दिन लगातार ओरालो लागेको भए पनि बुधबार पुनः उक्लिँदा बजार उतारचढावबीच सकारात्मक ट्रेन्डतर्फ रहेको विश्लेषकहरूको निष्कर्ष छ । आउँदो चुनाव नजिकिँदै जाँदा निजी क्षेत्रमैत्री सरकारी नीति र पुँजी बजारप्रति बढ्दो ध्यानका कारण बजारलाई थप स्थिरता र वृद्धि मिल्ने अपेक्षा राखिएको छ भने लगानीकर्ताहरू पर्ख–र–हेकको अवस्थामा रहे पनि समग्र बजार मनोविज्ञान विस्तारै सुधार भइरहेको देखिन्छ ।

सम्बन्धित समाचार

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि
  • २०८२ कार्तिक १९, १५: ४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। आज नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर...

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
  • २०८२ कार्तिक १९, १५: ४७

काठमाडौं : नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको विषयमा व्यवसायीसँग छलफल गरेका छन् ।...

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता
कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता
  • २०८२ कार्तिक १९, १५: ४७

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।...