४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४७.५५ अंकले उकालो लागेर २६३३.४२ अंकमा कारोबार बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतको वृद्धि हो ।

आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ ।

आज मिड सोलु हाइड्रोको सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।

यस दिन बजारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक वृद्धि भएपछि समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको छ।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८२ पुष १३, १७: ०४

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८२ पुष १३, १७: ०४

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
  • २०८२ पुष १३, १७: ०४

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय कर...