
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज बुधबार उल्लेख्य वृद्धि भएको छ । आज नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेर बन्द भएको हो ।
आज ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ पुगेको छ । कारोबार भएका सबै उपसूचक हरियालीमा देखिएका छन् ।
आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रोको शेयर मूल्य ११.८८ प्रतिशतले वृद्धि भएको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सबैभन्दा बढी १३.२६ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको १८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै अन्खु खोला जलविद्युत कम्पनीको १७ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
काठमाडौं : नेपाली थकाली परिकार अब भारतीय बजारमा पनि औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। काठमाडौंमा स्थापित लोकप्रिय ब्रान्ड जिम्बु...
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...