व्यवस्थापन बेथिति र विसंगतिको जगमा हुर्किएमा संचय कोषका कर्मचारीको आपत्ति – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

व्यवस्थापन बेथिति र विसंगतिको जगमा हुर्किएमा संचय कोषका कर्मचारीको आपत्ति


नयाँ विकल्प,
काठमाडौं – करिव ६ लाख २८ हजार बढी संचयकर्ताको जिम्मेवारी लिएको गैरवैकिङ संस्था कर्मचारी संचय कोषको व्यवस्थापन भित्र बेथिति र विसंगति हुर्कदै गएको भन्दै त्यहाँका कर्मचारीहरुले आपत्ति जनाएका छन् ।

कर्मचारी संचय कोषको बुधबार भदौ ३१ गते भर्चुअल माध्यमबाट भएको भएको बैठकमा व्यवस्थापनले कर्मचारीहरुको आधिकारिक संस्था नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी संचय कोष केन्द्रीय समितिलाई कुनै स्थान नदिएको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।

नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी संचय कोष केन्द्रीय समितिका अध्यक्ष अर्जुनप्रसाद आचार्यले विज्ञप्ती जारी गर्दै वर्ष संस्थाको संस्थागत समिक्षा गर्दा कर्मचारीको सहभागिता गराउने प्रचलनलाई तोडेर व्यवस्थापनले सिंगो कोष व्यवस्थापनमा कृयाशिल यनुनियनलाई कोषको ५९ औं वार्षिकोत्सवको भर्चुअल समारोहमा शुभकामना मन्तव्य दिन र सामान्य समिक्षा गर्न समेत नदिएकोमा गम्भीर आपत्ति जनाए ।

‘यस्ता घटनाले व्यवस्थापन अत्यन्तै गैरजिम्मेवारी अनि सत्ता र शक्तिको आडमा श्रम तथा औद्योगिक सम्वन्धको महत्वपूर्ण अंगमाथि प्रहार गरी पुरातन कर्मचारी तन्त्रिय चरित्रलाई उदाङ्गो पारी ट्रेड युनियन अधिकारमाथि कुठाराघात गर्न पुगेको महसुस भएको छ’ आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कर्मचारी संघले कोषको आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर भएको, स्थापित विधि र विधान विपरित काम भइरहेको, स्वच्छ र पारदर्शी प्रशासन संचलन नभएको र कर्मचारीको बृत्ति विकासको अवसरमा ध्यान नपुर्याएको जस्ता आरोप लगाउँदै भौतिक सम्पतिहरुको उपयुक्त व्यवस्थापन नभएको दाबी गरेको छ ।

संघले आस्था र जिम्मा लिएको कर्मचारीका सेवा सुविधालाई पटक्कै ख्याल नगरी व्यवसायीक कार्ययोजनाको पुलिन्दा देखाउने जस्ता काम गरी असन्तुष्टि र आक्रोसको पटाक्षेप हुने त्रास भएका कारण संघप्रति व्यवस्थापन पूर्बाग्रही भएको महसुस गरेको जनाएको छ ।

संघले व्यवस्थापनको यस्तो अत्यन्त कमटी र लाचारपनको घोर भत्सर्ना गर्न बाध्य भएको जनाउँदै गलत निर्णय सच्याउन चेतावनी दिँदै कोष संचालक समितिका अध्यक्ष, संचालकहरु, प्रशासक, सहप्रसासक र विभागीय प्रमुखहरुको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा नेपाललाई १ करोड १० लाख सहयोग
भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा नेपाललाई १ करोड १० लाख सहयोग
  • २०७७ आश्विन २, १७: ०४

काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग...

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ आश्विन २, १७: ०४

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ आश्विन २, १७: ०४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...