नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ४ अंकले घटेर २ हजार ७२४.०३ विन्दुमा पुगेर बन्द भएको छ।

आज ३४२ वटा कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूह बाहेक बाँकी सबै उपसमूहका सूचक घटेका छन्।

आज सोपान फार्मा र अपोलो हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले वृद्धि भएको छ। यस्तै, कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्य १०.६६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स लिमिटेड अग्रस्थानमा रहँदै २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि सिटी होटल्स लिमिटेडको २४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ जेष्ठ २९, १६: ५९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८३ जेष्ठ २९, १६: ५९

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८३ जेष्ठ २९, १६: ५९

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...