
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा बन्द भएको छ। बजारमा आज अधिकांश लगानीकर्ता बिक्रीतर्फ आकर्षित हुँदा नेप्सेमा दबाब देखिएको हो।
आज ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँ पुगेको छ। कारोबारमा आएका सबै उपसूचकहरू घटेका छन्।
आजको कारोबारमा स्नो रिभर हाइड्रोपावर र सानीगाड हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, कलंगा हाइड्रोपावरको शेयर मूल्य १४.९८ प्रतिशतले उकालो लागेको छ।
यता, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा भने नेपाल इन्भेस्टमेन्ट डिबेञ्चर अग्रस्थानमा रहँदै ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमा पनि उल्लेखनीय कारोबार भएको छ।
काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा...
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले...
काठमाडौं । नेपालका लागि खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।...