
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजारमा गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०९ अंकले घट्दै २६२१.५९ विन्दुमा बन्द भएको हो।
आज ३६२ कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ बराबरमा कारोबार भएको छ। कारोबार भएका उपसमूहमध्ये म्युचुअल फन्ड बाहेक सबै समूहका सूचक ओरालो लागेका छन्।
बुधबार सबैभन्दा बढी एनएमबी डिभेन्चर २०८७/८८ को मूल्य ५.५२ प्रतिशतले बढेको छ भने प्रभु बैंक डिभेन्चर ४.६७ प्रतिशतले उकालो लागेको छ।
यता, सबैभन्दा बढी गिरावट कर्पोरेट डेभलपमेन्ट बैंक को सेयरमा देखिएको छ, जसको मूल्य १३.४१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा भने केबीएल डिभेन्चर २०८९ अग्रस्थानमा रहँदै ६२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि एनसीसी डिभेन्चर को ४३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...