लगातार दोस्रो दिन नेप्सेमा गिरावट, १९.६७ अंकले घट्यो – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

लगातार दोस्रो दिन नेप्सेमा गिरावट, १९.६७ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि गिरावट आएको छ। आज नेप्से १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम भएको हो।

आज ३६१ कम्पनीका ८७ लाख ८१ हजार ३८० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

कारोबार भएका सबै उपसमूहका सूचकहरू घटेका छन्, जसले समग्र बजारमा बिक्री दबाब रहेको संकेत गरेको छ।

आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै स्नो रिभरको शेयर मूल्य ११.७६ प्रतिशतले बढेको छ।

यता, बीओके डिबेञ्चर २०८६को मूल्य सबैभन्दा धेरै ८.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई डिबेञ्चर २०८६/८७ अग्रस्थानमा रहँदै ३५ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि एसबिएल डिबेञ्चर २०८९को २८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन
  • २०८३ असार २५, १५: ४५

काठमाडौं : अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा...

नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड रुपैयाँ नाघ्यो
नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड रुपैयाँ नाघ्यो
  • २०८३ असार २५, १५: ४५

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले...

नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने
नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने
  • २०८३ असार २५, १५: ४५

काठमाडौं । नेपालका लागि खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।...