शेयरधनीलाई ग्लोबल आइएमई बैंकको लाभांश – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

शेयरधनीलाई ग्लोबल आइएमई बैंकको लाभांश

काठमाडौं । ३६४ औं बैठकले आर्थिक वर्ष ०७६÷०७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ग्लोबल आइएमई बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात् आर्थिक वर्ष २०७६÷०७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६÷०७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

हाल बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा नेपाललाई १ करोड १० लाख सहयोग
भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा नेपाललाई १ करोड १० लाख सहयोग
  • २०७७ कार्तिक ७, १२: ०८

काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग...

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ कार्तिक ७, १२: ०८

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ कार्तिक ७, १२: ०८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...