आइएमईको ‘आइफोन एक्स’ बिजेता राई र गुरुङ्ग – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

आइएमईको ‘आइफोन एक्स’ बिजेता राई र गुरुङ्ग

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो ।

स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो ।

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल नेपाली रुपैयाँ ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट गरेका हुन । त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तैः– मनी ग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लाल बहादुर गुरुङ्ग भाग्यशाली विजेता बनेका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित गरेका छन् ।

आफ्नो स्थापना देखिने रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७४ फाल्गुन २१, ०९: ०४

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
  • २०७४ फाल्गुन २१, ०९: ०४

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ फाल्गुन २१, ०९: ०४

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...