काठमाडौैं । जनता बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लमजुङको दोर्दी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी र सामान्य चिकित्सा सम्बन्धी स्वास्थ्य शिविर राखिएकोमा कूल १२९५ जनाले स्वास्थ्य परीक्षण गराएका बैंकले जानकारी दियो । सोमध्ये ३० जना बिरामीको शिविरस्थलमै मोतिबिन्दूको अपरेशन गरिएको थियो ।
उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने बैंकले जनाएको छ । साथै ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण बिरामीलाई आवश्यक औषधि वितरण पनि गरिएको थियो । आँखाको अपरेशन गरेका बिरामीको चौथो दिनमा शिविरमै फलोअप राखिएको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...