स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाइएको छैन : अर्थ मन्त्रालय

नयाँ विकल्प,

काठमाडौं – स्यानिटरी प्याडको आयातमा भन्सार महसुल नबढेको भन्दै अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९र०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखेको मन्त्रालयले स्पष्ट पारेको छ ।

महसुल बढाएको भन्ने प्रचार तथ्यहीन भएको पनि मन्त्रालयले जनाएको छ ।

स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर पाँच प्रतिशत कायम गरिएको छ ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको अर्थ मन्त्रीले निकालेको प्रेस नोटमा उल्लेख छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०७८ आश्विन ८, २०: ३६

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७८ आश्विन ८, २०: ३६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७८ आश्विन ८, २०: ३६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...