काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा दुईवटा शाखा रहित बैंकिङ सेवा थालेको छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप २ शाखा रहित बैंकिङ संचालनमा ल्याएको जनाएको हो ।
यी सहित माछापुच्छ्रे बैंकको हालसम्म २९ शाखारहित बैंकिङ सेवा संचालनमा आएको छ । ग्राहक सेवा केन्द्रका रुपमा संचालित उक्त शाखारहित बैंकिङ सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन गर्ने समेत सुविधा रहेको बताइन्छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ । डेबिट कार्ड पनि उपलब्ध गराउँदै आएको जनाइएको छ । बैंकले पूर्वीजिल्ला झापादेखि पश्चिम कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १ सय १७ स्थानबाट सुबिधा उपलब्ध गराएको बैंकद्वारा जारी विज्ञिप्तमा उल्लेख छ ।
काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...
काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...