काठमाडौं । ग्लोबल आइएमई बैंक र पाटन प्याथ ल्याबबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवाका साथै स्वास्थ्य परीक्षणमा विशेष छुट दिने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई स्वास्थय परीक्षणका क्रममा हुने खर्चमा सहुलियत दिने गरी सम्झौता गरेको हो । बैंकका ग्राहकहरूलाई उपचारक्रममा सहुलियत दिने गरी दुईपक्षीय सम्झौता विज्ञप्तिमा जनाइएको छ ।
सम्झौतापत्रमा पाटन प्याथ ल्याबका अक्ष्यक्ष रेशम भट्टराई र बैंकका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभाग प्रमुख रवीन्द्र ढकालले संयुक्त हस्ताक्षर गरेका हुन् । सम्झौतापछि पाटन प्याथ ल्याबमा स्वास्थ्य परीक्षण गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट पाउने छन् ।
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...