नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड आगामी साता हुने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड आगामी साता हुने


नयाँ विकल्प,

काठमाडौं – नेष्डो समृद्ध लघुवित्तले आगामी साता आईपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ आगामी साता बाँडफाँड गर्न लागेको हो । आइतबार प्री अलोटमेन्ट सम्पन्न गरी आगामी साता मंगलबारभित्र नै आईपीओ बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । संस्थाको आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो ।

सम्बन्धित समाचार

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन १९, २२: ०९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन १९, २२: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७८ फाल्गुन १९, २२: ०९

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...