नयाँ विकल्प,
काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३।६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर रु दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने नो उपसमूहको भने ओरालो लागेको छ । बैंकिङ ३.२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अङ्कले उकालो लाग्यो । व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अङ्कले ०.१६ अङ्कले ओरालो लागेको छ ।
आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ३६ खर्ब चार अर्ब दुई करोड ३० लाख ३५ हजार १८२ बराबरमा सिमित भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।
सो कम्पनीको रु १५ करोड २२ लाख ८२ हजार बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड २७ लाख ५४ हजार ६०१, अपि पावरक कम्पनी रु ११ करोड १७ लाख १५ हजार ८१६, हिमालयन डिस्टिलरी रु आठ करोड ३६ लाख तीन हजार १८७ र नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ३१ लाख ९३ हजार ७२२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...