
नयाँ विकल्प,
काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर रु दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने नो उपसमूहको भने ओरालो लागेको छ । बैंकिङ ३।२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अङ्कले उकालो लाग्यो । व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अङ्कले ०.१६ अङ्कले ओरालो लागेको छ ।
आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ३६ खर्ब चार अर्ब दुई करोड ३० लाख ३५ हजार १८२ बराबरमा सिमित भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...