कमिसन नबढाए ग्याँस र पेट्रोलको बिक्री रोक्ने – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

कमिसन नबढाए ग्याँस र पेट्रोलको बिक्री रोक्ने

नयाँ विकल्प,

काडमाडौं – लगातार पेट्रोलियम पदार्थको मुल्य बृद्धिहुँदा समेत सरकारले कमिसन नबढाएको भन्दै पेट्रोलियम व्यावसायीहरुले कमिसन नबढाएसम्म यसको विक्रि वितरण रोक्ने चेतावनी दिएका छन् । पेट्रोलियम कारोबार गर्दै आएका निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिदै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले यस्तो बताएका हुन् । संयुक्त विज्ञाप्ति जारी गर्दै तीनवटै संस्थाले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । व्यवसायीले घोषणा गरेको आन्दोलन अन्तर्गत चैत ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, चैत १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेबाट ग्याँसको भन्सार नछुटाउने जस्ता कार्यक्रमहरु छन् । यस्तै १६ गतेबाट पेट्रोलियम पदार्थको अग्रिम आयात अनुमति नलिने र चैत्र २० गतेबाट देशभर ग्याँससहित सबै खालका इन्धनको बिक्री ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ फाल्गुन २४, २१: ५७

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ फाल्गुन २४, २१: ५७

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ फाल्गुन २४, २१: ५७

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...