काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा २५.४६ प्रतिशतले नाफा बढाएको हो । बैंकले गत बर्ष ९७ करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । निक्षेप संकलनको तुलनामा ऋण लगानीमा जोड दिएको बैंकले खुद व्याज आम्दानी २८.१८ प्रतिशतले बढाएको छ ।
बैंकले १५.४४ प्रतिशतले व्याज आम्दानी बृद्धि गर्दा खर्च भने ९.०८ प्रतिशतले मात्रै बढाएको छ । खुद व्याज आम्दानी २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । पुससम्ममा १२ प्रतिशतले निक्षेप बढाएर एक खर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ भने ऋण लगानी १८.८५ प्रतिशतले विस्तार गर्दा एक खर्ब २ अर्ब पु¥याएको छ । ऋण विस्तारमा आक्रामक देखिएको बैंकको पूँजी कोष अनुपात ०.१३ प्रतिशत विन्दुले घटेर ११.३० प्रतिशतमा ओर्लेको छ ।
खराव कर्जामा उल्लेख्य सुधार गरेको बैंकले पुससम्ममा ०.८६ प्रतिशत विन्दुले घटेर ०.७५ प्रतिशतमा झारेको छ । आधार व्याजदर ०.२२ प्रतिशत विन्दुले घटेर १०.०९ प्रतिशत कामय गरेको छ । प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ ।
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...