
नयाँ विकल्प,
काठमाडौं – बुधबार साँझसम्म बलेफी हाईड्रोपावरको आईपीओ ४ लाख बढीले भरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबार साँझ ५ः०१ बजेसम्ममा ४ लाख ३३ हजार ४७१ जना आवेदकहरुले ५ करोड २२ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीले बुधबार चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५५ अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो । यस आइपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...