बुद्धनगर एग्रोले ५ लाख कित्ता आईपीओ निष्काशन गर्ने – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

बुद्धनगर एग्रोले ५ लाख कित्ता आईपीओ निष्काशन गर्ने


नयाँ विकल्प,
काठमाडौं – बुद्धनगर एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आइपीओ विक्रीका लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुत गरेको छ । आईपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो । क्यापिटलले प्रदान गरिरहेको आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित निष्काशन गर्न लागेको हो । एनआईसी एशिया क्यापिटलको आईडीया टु आइपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७८ चैत्र १८, २१: ५६

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७८ चैत्र १८, २१: ५६

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...

सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्पत्ति जाँचबुझ आयोगको सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७८ चैत्र १८, २१: ५६

काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...