मुक्तिनाथ विकास बैंकका तीन शाखा बिस्तार – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

मुक्तिनाथ विकास बैंकका तीन शाखा बिस्तार

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले तीन शाखा एकै पटक विस्तार गरेको छ । कास्की जिल्लाको अमरसिङ्ग चोक, जिरो कि.मी तथा लामाचौर गरी आफ्ना तीन स्थानमा शाखा कार्यालय विस्तार गरेको हो ।

अमरसिङ्ग शाखाको समुद्घघाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद माननिय मन बहादुर गुरुङ्गले गरेका थिए । शाखा कार्यालय समुद्घघाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकको प्रगतिको कामना गदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

जिरो कि.मी शाखाको समुद्घघाटन आर्थिक योजना तथा मामिला मन्त्री माननीय किरण गुरुङ्गले गरेका हुन् । शाखा कार्यालय समुद्घघाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला–ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नुपर्ने बताए । यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका थिए ।

लामाचौर शाखाको समुद्घघाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए । शाखा कार्यालय समुद्घघाटन गदैै आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवी तथा भद्र भलाद्मीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राकेको थियो

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउँदै, सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको थियो ।

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ फाल्गुन १३, १०: २८

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ फाल्गुन १३, १०: २८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ फाल्गुन १३, १०: २८

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...