
नयाँ विकल्प,
काठमाडौं – नेपाली शेयरबजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ
। बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ ।
बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको शेयर बजार नेप्से सोमबार ४८ अंकले ओरालो लागेको थियो ।
नेप्सेमा बुधबार कारोबार रकम समेत ओरालो लागेको छ । नेप्सेमा बुधबार ३६ लाख दुई हजार कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्से बजार बुधबारमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् । बजारमा १९८ कम्पनीको शेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका शेयरधनीले नाफा कमाएका छन ।
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...