
नयाँ विकल्प,
काठमाडौं – नेपाली शेयरबजार ‘नेप्से’ मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ ।
सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको शेयरबजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अंकले बढेर ४ सय ३२ दशमलव ७८ अंकमा पुगेको छ । मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबार भन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ ।
शेयरबजारमा मंगलबार ३१ लाख ७ सय ३० कित्ता कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा २ सय २४ कम्पनीको शेयर खरिदबिक्री भएकोमा १ सय ६० कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । मंगलबारको बजारमा म्यूचल फन्ड र ट्रेण्डिङ सेक्टर बाहेक अधिकांश सेक्टरका लगानी कर्ताले नाफा कमाएका छन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...