सम्पन्न निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका निर्वाचन आयुक्तहरु एवम् विशेषज्ञहरुले शुक्रबार चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण समेत गरेका छन् । भ्रमण टोलीमा अफगानिस्तान, बंगालादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स र इन्डोनेसियाका आयुक्तहरु एवम् विशेषज्ञहरुको सहभागितारहेको चन्द्रागिरिद्वारा प्रेस विज्ञप्तिमा जनाईएको छ भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका महा–प्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए ।
भ्रमणमा आएको टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाडर मन्दिर लगाएतका दृश्यलेरमाइलो अनूभुती गराएको उल्लेख गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्कर सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै आएको छ ।
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...
काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...