सोल्टी होटलमा लगानी सम्मेलन – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सोल्टी होटलमा लगानी सम्मेलन

काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते काठमाडौंको सोल्टी होटलमा लगानी सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने विभिन्न देशका करिब २ सय ५० जना र स्वदेशका त्यतिकै संख्यामा सहभागी हुने भएका छन् ।

स्वदेशी तथा विदेशी गरी कुल ५सय जनाको सहभागित हुने उक्त सम्मेलनलाई कुम्भ मेलाको संज्ञा दिइएको छ । सरकारले करिब ५० वटा परियोजनाका लागि लगानी गर्न विदेशीलाई आग्रह गरिने भएको छ ।

सरकारले जलविद्युत् आयोजना, पर्यटन, सडक तथा हवाई यातायात, शिक्षा, स्वास्थ्य, कृषि लगायत परियोजनामा लगानी गर्न आग्रह गर्ने भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गोसाइकुण्डसहित उच्च भेगमा रहेका तीर्थस्थलमा केबलकार बनाउने, ठूला कृषि फार्म स्थापना, काठमाडांैमा मोनोरेल, काठमाडांैबाहिर विद्युतीय रेल, चक्रपथमा बीआरटी बनाउने परियोजना लगानीकर्तासामु प्रस्तुत गरिने भएको छ ।

सम्मेलनका लागि विदेशी ५ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाए पनि २ सय ५० भन्दा बढीको सहभागी हुने सम्भावना कम भएको लगानी बोर्डको भनाइ छ । सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता हुनेछ ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको आधारनै कृषि, जलस्रोत र पर्यटन भनेर सरकारले घोषणा गरिसकेको छ । सरकारले नै प्राथमिकता दिएका क्षेत्रका योजना समेटेर विभिन्न मोडल परियोजना प्रस्तुत गर्ने भएको छ । सरकारले पहिचान गरिसकेका ती आयोजनामा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्ने भएको छ ।

लगानी सम्मेलनको दौरानमा नेपाल सरकार र अरु देशका सरकारबीच जीटुजी सम्झौता हुन सक्नेछ । यस्तै नेपालका व्यापारी र विदेशी व्यापारीबीच पनि बीटुबी सम्झौता हुने सम्भावना छ । सरकार ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ लाई संसदमा लगेर पारित गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०७५ चैत्र ४, ०९: २०

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...

रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
  • २०७५ चैत्र ४, ०९: २०

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...

नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
  • २०७५ चैत्र ४, ०९: २०

काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...