नेपाली शेयरबजार नेप्सेमा १८.२६ अंकले गिरावट – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नेपाली शेयरबजार नेप्सेमा १८.२६ अंकले गिरावट


नयाँ विकल्प,
काठमाडौं – नेपाली शेयरबजार नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो ।

बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४ सय १० अंकमा पुगेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकममा भने बढेको छ ।

बिहीबार नौ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा बिहीबार ३५ लाख ६६ हजार आठ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा बिहीबार दुई सय २७ कम्पनी शेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका शेयरधनीले नाफा कमाएका छन् ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७९ जेष्ठ १९, २०: ४८

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७९ जेष्ठ १९, २०: ४८

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मधेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
  • २०७९ जेष्ठ १९, २०: ४८

काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई उक्त...