
नयाँ विकल्प,
काठमाडौं – ६० अंकले बढेको नेप्सेमा आज दोस्रो दिन पुनः १७ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १७.६४ अंकले घट्दै २ हजार ६२.८० अंकमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.०१ अंकले घट्दै ३९६.३६ अंकमा झरेको नेप्सेले जनाएको छ । आज कारेबार रकम समेत १ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबारको भएको छ । अघिल्लो दिन ६० अंकले बढेको बजारमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ट्रेडिङ (०.१२) समूहको उपसुचक बाहेक सबै समूहका उपसूचक राताम्य भएका छन् । सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको १.६५ प्रतिशतले र होटल तथा पर्यटन समूह १.४४ प्रतिशतले घट्न पुगको छ । अन्य समूह १.५७ प्रतिशतले घटेकोमा आज अन्य उपसूचकहरु १ प्रतिशत भन्दा कमले घटेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...