
नयाँ विकल्प,
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले कम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३०० रुपैयाँले घटेर ९७ हजार ७०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९७ हजार २०० रुपैयाँमा कायम भएको छ ।
यसैगरि, चाँदीको मूल्य भने आज अघिल्लो दिनको मूल्यमा तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...
काठमाडौँ : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । आज गृहमन्त्री सुधन गुरुङले...