
नयाँ विकल्प,
काठमाडौं – नेपाल वायुसेवा सञ्चालक संघले आफूहरूका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान ठप्प पार्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान नरोक्न चेतावनी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन यस्तो चेतावनी दिएको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै धाकधम्की नचल्ने भएकाले हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्ने उनले बताए ।
महानिर्देशक अधिकारीले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए । प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।
यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् । आजै वायुसेवा कम्पनी पत्रकार सम्मेलन गरी पाँचबुँदे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको थियो ।
सरकारले आन्तरिक उडानलाई मध्यनजर गर्दै यसअघि ल्याएका केही प्रावधानमा संघले आपत्ति जनाएको छ। हेलिकोप्टरमा दुई पाइलट हुनुपर्ने नियम खारेज गर्नुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतको शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिप्याड निर्माण गर्नुपर्ने, जहाज मर्मतसम्भारका लागि ह्यांगरलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, जहाज पार्किङ सहज बनाउनुपर्ने लगायत माग संघले राखेको छ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...