चौथो त्रैमाससम्ममा २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठ्यो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चौथो त्रैमाससम्ममा २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठ्यो

Nepal Rastra Bank i

नयाँ विकल्प,

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी कुल २ खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ ऋण उठाएको हो ।

सो अवधिमा विभिन्न समयका ट्रेजरी बिलमार्फत १ खर्ब ३९ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ उठाएकोमा विकास ऋणपत्रमार्फत १ खर्ब २४ अर्ब ५० करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ५ करोड ६७ लाख रुपैयाँ ऋण स्वरूप उठाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपि, छोटा अवधिका २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको चालु आर्थिक वर्ष भित्र नै भुक्तानी हुने भए पनि एक वर्षमाथिका ऋणहरू भने जारी रहनेछन् ।

बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि ऋण उठाउन थालिएकोमा यस त्रैमासमा ६ अर्ब रुपैयाँ उठाइएको र तेस्रो र चौथो त्रैमासमा क्रमशः ९९ अर्ब ४६ करोड र १ खर्ब २५ अर्ब ८३ करोड उठाइएको जनाएको छ । यस्तो ऋण दोस्रो तेस्रो र चौथो त्रैमासमा क्रमशः २.६ प्रतिशत, ४३ प्रतिशत र ५४.४०२ प्रतिशत सङ्कलन गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १९, १३: २९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ असार १९, १३: २९

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १९, १३: २९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...