
काठमाडौं । नेप्से साताको कारोबारको तेस्रो दिन मंगलबार झिनो अंकले घटेको छ । आज नेप्से २.८१ अंकले घटेर दुई हजार एक सय ९३ दशमलब ४३ विन्दुमा रोकिएको छ । सोमबार नेप्से १.१५ अंकले बढेर दुई हजार एक सय ९६ दशमलब २५ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार नेप्सेमा चार अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ८२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, साम्लिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २९ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...