बुधबार पनि नेप्से ओरालो, चार अर्बको कारोबार – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बुधबार पनि नेप्से ओरालो, चार अर्बको कारोबार

काठमाडौं । नेप्से साताको कारोबारको चौथौ दिन बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ६.७१ अंकले घटेर दुई हजार एक सय ८६ दशमलब ७७ विन्दुमा रोकिएको छ ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा चार अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ९६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६१५.७० रुपैयाँ पुगेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२९.७० रुपैयाँ पुगेको हो ।

आज स्ट्याण्डर्ड चाटएर्ड बैंक, गुलविल फाइनान्स र बोटलर्स नेपाल कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण १८, १५: ३६

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण १८, १५: ३६

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
सरकारले ल्याएको चार अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस
  • २०७९ श्रावण १८, १५: ३६

काठमाडौँ : सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद...