दोहोरो अंकले सुधारियो शेयर बजार, दुई अर्ब ६७ करोडको कारोबार – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

दोहोरो अंकले सुधारियो शेयर बजार, दुई अर्ब ६७ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने घटेको छ । बजार मापन गर्ने सूचक १०.२७ अंकले बढेर २१२३.८२ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.११ अंकले बढेर ४०९.५६ बिन्दुमा रोकिएको छ । यो दिन २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । यो दिनको कारोबारमा जीवन बीमा समूहको उपसूचकमा ४.५५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.२२, विकास बैंक ५२.४४, वित्त कम्पनी ३३.५०, जलविद्युत समूहको २६.२२, माइक्रोफाइनान्स २७.८८, अन्य समूहको उपसूचक २२.५७ अंकले बढेको छ । कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवमु सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड ८९ लाख ८२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७९ श्रावण २२, १५: ४१

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७९ श्रावण २२, १५: ४१

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७९ श्रावण २२, १५: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...