काठमाडौं । नेप्से साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले घटेको छ । आज नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ५१ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०८ रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...