सांसद पद सकिएपछि पुन बैंकमै – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सांसद पद सकिएपछि पुन बैंकमै

काठमाडौं । सांसद पदबाट हटेपछि इच्छराज तामाङ फेरि सिभिल बैंकको सञ्चालक समितिमा फर्किएका छन् । उनी बैंक सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका छन् । पुस ३ गतेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । तामाङले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालबाट अध्यक्षको सपथ ग्रहण गरेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले संवैधानिक पदमा बसेका ब्यक्तिहरु बैंक सञ्चालक समितिमा बस्न नपाउने ब्यवस्था गरेपछि तामाङ बैंकबाट हटेका थिए । सांसद पद सकिएपछि उनी फेरि बैंकमा फर्किएका हुन् । सिभिल बैंकले चालु आर्थिक बर्षको असोजसम्म ११ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले मंसिर २२ गतेदेखि शेयरधनीहरुलाई ४०५ हकप्रद शेयरको निस्कासन गरिसकेको छ भने हकप्रद शेयर वितरणपछि र नाफाबाट बोनस शेयर दिएर चुक्ता पूँजी ८ अर्ब पुर्याउने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०७४ पुष १०, ०८: २६

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...

रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
  • २०७४ पुष १०, ०८: २६

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...

नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
  • २०७४ पुष १०, ०८: २६

काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...