आशा लघुवित्तको अध्यक्षमा रामेश्वर सापकोटा चयन – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

आशा लघुवित्तको अध्यक्षमा रामेश्वर सापकोटा चयन

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा रामेश्वर सापकोटा चयन भएका छन् । संस्थाको गत मंसिर २३ गते भएको साधारणसभाबाट सापकोटा अध्यक्षमा चयन भएका हुन् । सापकोटालाई विहिबार राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सपथ गराएका हुन् ।

यस अघि संस्थाको अध्यक्ष रामबहादुर पाण्डे थिए । साधारणसभाबाट निर्गुणप्रसाद भट्टचन, प्रदीपकुमार खड्का तथा हेमन्त पौडेल संचालकमा निर्वाचित भएका थिए । शपथ ग्रहण कार्यक्रममा संस्थाका संचालक प्रदीपकुमार खड्का, प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा वित्त विभाग प्रमुख प्रमोद भट्टराईको उपस्थिति रहेको थियो । साधारण सभाले संस्थाको जारी पूँजी १० करोडको ३० प्रतिशतले हुन आउने तीन करोड बराबरको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय समेत गरेको छ । ०७३ भदौंमा कारोबार शुरु गरेको संस्थाले हाल देशभरीका ३६ वटा शाखाहरु मार्फत २३ हजार सदस्यहरुलाई वित्तीय सेवा पु¥याउँदै आएको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ पुष १७, ०९: ३७

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष १७, ०९: ३७

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ पुष १७, ०९: ३७

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...