
नयाँ बिकल्प,
काठमाडौं । राजधानीको गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक तथा मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको ४२ वर्षको उमेरमा आइतबार राति कोरोना संक्रमणका कारण निधन भएको छ।
डा. सुवेदीलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उपचार गरिएको थियो। तर, स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
एक सातादेखि ह्याम्समा भेन्टिलेटरमा राखेर उपचार गराई रहेका डा. सुवेदीको दुई दिनअघि परीक्षण गर्दा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल घर भएका डा. सुवेदीका श्रीमती र एक छोरी छन्।
बंगलादेशबाट १० वर्षअघि सुवेदी एमबीबीएस र कार्डियोलोजीमा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका थिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...