
नयाँ विकल्प
काठमाडौं- राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो।
यस्तै ज्ञवालीले पेश गरेको विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरीको मालवस्तु बिक्री गरेको पाइएको छ।
विभागका अनुसार ज्ञवालीविरुद्ध बिगोबमोजिम रु सात करोड ३७ लाख ७५ हजार ५७६ र त्यसको शतप्रतिशत जरिवानासमेत हुने गरी मुद्दा दायर गरिएको जनाएको छ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...