उपन्यासको संकलित रकम असहाय र अपाङ्गलाई – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

उपन्यासको संकलित रकम असहाय र अपाङ्गलाई

बिर्तामोड । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’ को चर्चा परिचर्चा तथा साहित्यिक गोष्ठी कार्यक्रम सम्पन्न भयो । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी साहित्यकारहरुले उपन्यास ‘आधा सत्य’ को चर्चा गरेका थिए ।

लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु मुनाराज शेर्मा र लक्ष्मी पौडेलले ‘आधा सत्य’ उपन्यासको समिक्षा गरेका थिए । उनीहरुले समसामयिक विषयवस्तुलाई केन्द्रित गरेर लेखक ढुंगेलले पुस्तकको प्रकाशन गरेको बताए । पुस्तकले अहिलेको युवापुस्ताले भोग्नुपरेको यथार्थलाई उपन्यासले चित्रण गरेको बताए ।

कार्यक्रममा लेखक ढुंगेलले आफूले पहिलो कृतिको रुपमा उपन्यास ‘आधा सत्य’ प्रकाशनमा ल्याएको बताउँदै उक्त कृति वास्तविक प्रेमकथामा आधारित रहेको बताइन् । उनले उपन्यास ‘आधा सत्य’ बाट संकलित रकम लेट्स रन नेपालमार्फत् झापाका असहाय, अपाङ्ग बालबालिका र वृद्धवृद्धाहरुको सहयोगका लागि खर्च गरिने जानकारी दिइन् । पुस्तकको बिक्रीबाट यसअघि लेट्स रन नेपाल संस्थामार्फत गत असार १५ गते झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुका लागि अत्यावश्यक सामग्री प्रदान गरिएको उनले बताइन् ।

कार्यक्रममा भाषाविद् तथा साहित्यकार चुडामणि रेग्मी, लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा दयानन्द गोश्वामी, तुलसीप्रसाद निरौला, तुलसीप्रसाद भट्टराई, दुर्गा सिग्देल, समिक्षा पौडेल, शितला भट्टराई, ईश्वरा शिवाकोटी, सिजला भट्टराई, निहारिका ताम्लिङ लगायतले कविता वाचन गरेका थिए भने इरन्त पौडेलले गजल वाचन गरेको लेट्स रन नेपालका सदस्य सुमन ढकालले बताए । सोही कार्यक्रमकाबीच जापानको ओकीनावामा सम्पन्न भएको एसीयन कराते प्रतियोगिताकी ब्रोन्ज मेडलिस्ट एस्तर राईलाई सम्मान गरिएको थियो ।

झापा अर्जुनधारा निवासी राईले एसियन कराते प्रतियोगितामा नेपालका तर्फबाट ब्रोन्ज मेडल प्राप्त गरेर झापालीहरुको गौरव बढाएको भन्दै राईलाई ‘आधा सत्य’ उपन्यासकी लेखक ढुंगेलले नगदसहित सम्मान गरेको लेट्स रन नेपालका सदस्य प्रदिप शिवाकोटीले बताए । कार्यक्रममा साहित्यकारहरु तारा विविध, कृष्ण बराल, राजेन्द्र संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, लेट्स रन नेपालका संस्थापक अध्यक्ष इमेश पाठक,शनिश्चरे र्टाफिक प्रहरी पूर्व प्रमुख जनकराज खड्का लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार खगेन्द्रा खुशीले गरेकी थिइन्. ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ श्रावण ७, ०७: १९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ श्रावण ७, ०७: १९

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७५ श्रावण ७, ०७: १९

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...